२०८२ श्रावण ३१ गते, शनिबार १९:५३

काठमाडौं–

इन्डियन प्रिमियर लिग (आइपीएल) मा सोमबार राति भएको खेलमा सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गरेको छ। हारसँगै ऋषभ पन्त नेतृत्वको लखनउ प्लेअफ दौडबाट बाहिरिएको छ।

टस हारेपछि ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाउँदै २०५ रन बनायो। जवाफमा हैदरावादले १८.२ ओभरमा ४ विकेटको नोक्सानीमा २०६ रन बनाउँदै जित हात पार्यो। हैदरावादका अभिषेक शर्माले अविजित ५९ रनको योगदान दिए। लखनउका दिग्वेश राठीले २ विकेट लिए भने विलियम ओरोर्क र शार्दुल ठाकुरले १-१ विकेट हात पारे।

खराब सुरुवात गरे पनि अभिषेक शर्माले इशान किशनसँग ८२ रनको साझेदारी गरे। किशन ३५ र हेनरिक क्लासेन ४७ रनमा आउट भए। कामिन्दु मेन्डिस ३२ रनमा रिटायर्ड हर्ट भए। लखनउका मिचेल मार्श (६५) र एडेन मार्कराम (६१) ले ११५ रनको साझेदारी गरे पनि जित सुनिश्चित गर्न सकेनन्। निकोलस पूरनले ४५ रन जोड्दा कप्तान पन्तले मात्र ७ रन बनाए।

हैदरावादका इशान मालिंगाले २ विकेट लिए भने हर्ष दुबे, हर्षल पटेल र नितिश कुमार रेड्डीले १-१ विकेट हात पारे।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस