२०८२ असार १७ गते, मंगलवार ०१:१०

वीरगन्ज –

मधेश प्रदेशको ऐतिहासिक श्री गहवा माई मन्दिरमा आगामी असार १३ गते भव्य रथ यात्रा आयोजना हुने भएको छ। श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिको बैठकले शोभायात्रालाई सफल बनाउन विभिन्न उपसमितिहरू गठन गरेको छ।

रथ यात्रा असार १३ गते र छपन्न भोग तथा महाप्रसाद भण्डारा असार १४ गते आयोजना हुनेछ। मन्दिरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकीय केन्द्र बनाउने उद्देश्यसहित बाजागाजा, झाँकी, नृत्य–कलाकृति र सांस्कृतिक प्रस्तुतिहरू समावेश गरिनेछ। विशिष्ट व्यक्तित्वहरूलाई विशेष सम्मान पनि गरिनेछ।

उपसमितिहरूमा रथ यात्रा संयोजक श्री देवानन्द प्रसाद कलवार, झाँकी तथा सांस्कृतिक संयोजक श्री लक्ष्मी नारायण गुप्ता (पप्पु गुप्ता), आर्थिक संकलन संयोजक श्री रवि शंकर अग्रवाल, भण्डारा संयोजक श्री अनुप कुमार अग्रवाल, छपन्न भोग संयोजक श्री शम्भु प्रसाद कलवार, प्रचार प्रसार संयोजक श्री श्याम प्रसाद गुप्ता, स्वयंसेवक परिचालन संयोजक श्री दिपेन्द्र प्रसाद गुप्ता (दिपु), र धार्मिक समन्वय संयोजक डा. पुरुषोत्तम दुबे (ज्योतिष सम्राट) रहेका छन्।

समितिका अध्यक्ष श्याम कुमार पोखरेलले सम्पूर्ण भक्तजनलाई रथ यात्रामा सहभागी भई धार्मिक र सांस्कृतिक एकताको सन्देश फैलाउन आह्वान गरेका छन्।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस