काठमाडौं –
काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टेमा रहेको सिग्मा कलेजको क्यान्टिनमा बुधबार बिहान आगलागी भएको छ। ग्यास लिक भएर भएको आगलागीबाट क्यान्टिनमा रहेका सामान जलेर नष्ट हुँदा करिब तीन लाख रुपैयाँबराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
सशस्त्र प्रहरी बलका डीएसपी शैलेन्द्र थापाका अनुसार आगलागी बिहान करिब ८ बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ। सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएका हुन्।