२०८२ असार १७ गते, मंगलवार ००:५८

वीरगन्ज-

पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–३२ टेढामा चट्याङ लागेर एक किशोरको ज्यान गएको छ। बुधबार बिहान करिब ४ बजे १५/१६ वर्षीय शिव शंकर माझी घरमा सुतिरहेका बेला चट्याङ पर्दा गम्भीर घाइते भएका थिए। घाइते भएपछि उनी केही कदम बाहिर हिँडे पनि बेहोस भएर ढलेका थिए।

स्थानीयले तत्काल सोलकपुरस्थित मेडिकलबाट चिकित्सक बोलाएका थिए, तर चिकित्सकले घटनास्थलमै माझीको मृत्यु भएको घोषणा गरे। घटनाको जानकारी बिहान ७ बजे प्रहरीलाई प्राप्त भएपछि ईलाका प्रहरी चौकी टेढाबाट प्रहरी निरीक्षक ऋषि भट्टराईको नेतृत्वमा टोली घटनास्थल पुगी आवश्यक सुरक्षात्मक कार्य सम्पन्न गरेको छ।

थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा सिन अफ क्राइम अफिसर (सोको) टोली खटाइएको छ। प्रहरीले कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

प्राकृतिक प्रकोपप्रति सावधानी अपनाउन आग्रह
प्रहरी र विज्ञहरूले चट्याङलगायत प्राकृतिक प्रकोपबाट बच्न सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेका छन्। गर्मी मौसममा चट्याङका घटना बढ्ने भएकाले खुला ठाउँमा ननिस्कने, सुरक्षित स्थानमा बस्ने र विद्युतीय उपकरणको प्रयोग कम गर्ने जस्ता सावधानी अपनाउन सुझाव दिइएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस