२०८२ असार १७ गते, मंगलवार ११:२३

काठमाडौँ 

प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले बुधवार अन्तर्राष्ट्रिय समुदायलाई गाजा पट्टीको विपत्तिजनक र दुखद् अवस्थाको प्रतिक्रियामा तत्काल कारबाही गर्न आह्वान गर्नुभएको छ । विश्व नेताहरूलाई गाजामा लगाइएको नाकाबन्दी तोड्न, जमिन, समुन्द्र र हावाबाट मानवीय र चिकित्सा सहायताको प्रवेशलाई अनुमति दिन र यो आक्रमणलाई तुरुन्तै र स्थायी रूपमा रोक्न अपील गर्नुभयो । यसैबीच गाजाको नागरिक रक्षाका प्रवक्ता महमूद बसालले इजरायली विमानहरूले बिहानदेखि गाजामा दर्जनौं आक्रमणहरू शुरु गरेका छन् । जसमा इलाकाभरि कम्तिमा ५६ प्यालेस्टिनीहरूको मृत्यु भएको छ ।

इजरायलले सप्ताहन्तमा गिदोनको रथ भनिने आफ्नो नयाँ सैन्य अभियान शुरु गरेको छ । अधिकारीहरूले भने कि यो अभियानले हमासलाई ध्वस्त पार्ने र गाजामा अझै पनि राखिएका ५८ वन्धकहरूको रिहाइ सुरक्षित गर्ने लक्ष्य राखेको छ । अभियानमा गाजाको अधिकांश जनसंख्यालाई क्षेत्रको दक्षिणतिर विस्थापन गर्ने र एन्क्लेभमा रहेको विशाल क्षेत्रहरूको नियन्त्रण कब्जा गर्ने प्रयास समावेश छ । गाजा स्वास्थ्य अधिकारीहरूकाअनुसार १९ महिनाअघि इजरायली आक्रमण शुरु भएदेखि यता ५३ हजार ६ सय ५५ जनाको मृत्यु भएको छ । १ लाख २१ हजार ९ सय ५० जना घाइते भएका छन् ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस