काठमाडौँ –
रुसको कुस्र्क क्षेत्रका विस्थापित बासिन्दाहरू निरन्तर चुनौतीहरूको बाबजुद पनि सुरक्षित रूपमा घर फर्कन सक्षम हुने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताउनुभएको छ । राष्ट्रपतिले आश्वस्त पार्नुभयो कि युक्रेनको आक्रमणपछि यस क्षेत्रमा अस्थायी रूपमा विस्थापित भएका नागरिकहरू घर फर्कनेछन् । जनसंख्या भएका क्षेत्रहरू डिमाइन गरेर सुरक्षा सुनिश्चित गर्नु मत्वपूर्ण छ भनेर उल्लेख गर्दै स्थानीय मिडियाले बुधवार स्थानीय अधिकारीहरूसँगको बैठकमा रूसी नेतालाई उद्धृत गर्दै रिपोर्ट गरेका छन् ।
आफ्नो कार्य भ्रमणको क्रममा पुटिनले स्वयंसेवी संस्थाका प्रतिनिधिहरूसँग भेटे र कुस्र्क क्षेत्रका कार्यवाहक गभर्नर अलेक्ज्याण्डर खिन्स्टेनसँग भेट गर्नुभयो । रुसी नेताले कुस्र्क–२ आणविक ऊर्जा केन्द्रको निर्माण स्थलको पनि भ्रमण गरे र नगरपालिका नेताहरूसँग भेट गर्नुभएको थियो । राष्ट्रपतिले सम्पूर्ण कुस्र्क क्षेत्रमा विशेष आर्थिक क्षेत्र विस्तार गर्ने प्रश्तावलाई समर्थन गर्नुभयो । उहाँले यस क्षेत्रमा क्षतिग्रस्त घरहरू पुनस्र्थापना गर्न कोष पनि स्वीकृत गर्नुभयो । अस्थायी रूपमा विस्थापित नागरिकहरूलाई मासिक भुक्तानी जारी राख्न सहमत हुनुभयो ।

अगस्ट २०२४ मा युक्रेनी सेनाले रूसको दक्षिणी कुस्र्क क्षेत्रमा आक्रमण शुरु गरेको थियो । अप्रिल २६ मा पुटिनले घोषणा रूसले यस क्षेत्रको पूर्ण नियन्त्रण पुनः प्राप्त गरेको घोषणा गर्नुभयो ।