२०८२ श्रावण ३० गते, शुक्रबार ११:२७

वीरगन्ज

पर्साको परवानीपुर चोकबाट मंसिर मंगलवार गते राति ८ बजे एक अज्ञात असहाय पुरुषको उद्धार गरिएको छ। अन्दाजी ४० वर्षको उक्त पुरुषले आफ्नो नाम र ठेगाना बताउन नसकेपछि मानवसेवा आश्रम वीरगन्जले उनलाई उद्धार गरी आश्रममा ल्याएको छ।

उद्धार कार्यमा मानवसेवा आश्रम वीरगन्जका संस्थापक देवेश गुप्ता, समाजसेवी प्रकाश थारु, स्थानीय बासिन्दा र प्रहरीको सहभागिता रहेको थियो। आश्रममा ल्याइएपछि ती पुरुषलाई नुहाई-धुवाई गरी डा. भरतकुमार गोइतको निगरानीमा थप उपचार भइरहेको छ।

मानवसेवा आश्रम वीरगन्जको तथ्यांकअनुसार, २०७६ जेठ १५ मा स्थापना भएको यो शाखाले हालसम्म २७६ जनाको उद्धार गरिसकेको छ। तीमध्ये ९७ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ। हाल आश्रमको सिरिसिया शाखामा ५७ जना महिला, पुरुष र बालबालिका आश्रित छन्।

आश्रमका संस्थापक देवेश गुप्ताले असहाय र बेसहाराहरूलाई संरक्षण र पुनर्जनन गराउनु आश्रमको मुख्य उद्देश्य रहेको बताए। उनले भने, “हामी समाजमा बेवारिसे अवस्थामा रहेका व्यक्तिहरूलाई उद्धार गरी सम्मानजनक जीवन प्रदान गर्न प्रतिबद्ध छौँ।” समाजसेवी प्रकाश थारुले पनि यस्ता कार्यमा स्थानीय समुदाय र प्रहरीको सहयोगले ठूलो भूमिका खेलेको उल्लेख गरे।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस