२०८२ असार १७ गते, मंगलवार ०४:४४

काठमाडौं –

४५ वर्षीय कुर्बान अली काबुल चिडियाखानामा सिंह र भालुको घेराको हेरचाहकर्ता हुन् । अलीले २५ वर्षअघि जनावरहरूप्रतिको गहिरो लगावका कारण काबुल चिडियाखानामा काम गर्न थालेका थिए । त्यसबेलादेखि उनले हरेक दिन सिंह र भालुलाई लगनशीलताका साथ खुवाउँदै आएका छन् र हेरचाह गरिरहेका छन् । यदि दयालु व्यवहार गरियो र खाना र पानी प्रदान गरियो भने, सिंह र भालु पनि मानिसहरूसँग मिलनसार हुने उनको भनाइ छ । जनावर बस्ने ठाउँको हावा ताजा हुने उनको भनाइ छ ।

१९६७ मा स्थापित, काबुल चिडियाखाना अफगानिस्तानको एक मात्र राज्य–सञ्चालित प्राणी उद्यान हो । यसले स्तनधारी, सरीसृप, चरा र माछा सहित विभिन्न प्रकारका जनावरहरू अवलोकन गर्न आउने सयौं दैनिक आगन्तुकहरूलाई आकर्षित गर्दछ । यद्यपि अलीले पशु कल्याणको बारेमा जनचेतनाको अभावमा दुःख व्यक्त गर्छन् ।

वातावरणीय ह्राससँगै यस्तो गैरजिम्मेवारपूर्ण व्यवहारले रोगको प्रकोप र वन्यजन्तुहरूको क्रमिक लोपमा योगदान पु¥याउँछ भन्ने अली विश्वास गर्छन् । विश्वव्यापी तापक्रम वृद्धि, दशकौंको असुरक्षा, अवैध र अनियन्त्रित शिकार, वन फँडानी र जैविक विविधताको मूल्यको बारेमा व्यापक अज्ञानताका कारण अफगानिस्तानको जैविक विविधता गम्भीर खतरामा छ ।वन्यजन्तुबाट मोहित युवा आगन्तुक युसुफ वर्षमा दुईदेखि तीन पटक साथीहरूसँग चिडियाखानामा आउँछन् ।  उनले वातावरण संरक्षण गर्न अवैध शिकारलाई रोक्नुपर्ने आवश्यकतामा जोड दिए ।

काबुल चिडियाखानाका पशु चिकित्सा सेवा निर्देशक अब्दुलरहमान मिवान्डले भौगोलिक जोखिम र बदलिँदो जलवायु ढाँचाका कारण अफगानिस्तानको जैविक विविधता गम्भीर जोखिममा रहेको चेतावनी दिए । अफगानिस्तानमा चरा, सरीसृप, माछा र स्थानीय बोटबिरुवा सहित लगभग १४९ प्रजातिहरू लोपोन्मुखको रूपमा सूचीवद्ध छन् । जसमा ६० चरा प्रजातिहरू लोप हुने जोखिममा छन् । पेलिकन र क्रेन जस्ता चराहरू र क्यास्पियन बाघ र जंगली मोर जस्ता जनावरहरू हालैका वर्षहरूमा अफगानिस्तानबाट पहिले नै हराइसकेका छन् ।

मिवान्डकाअनुसार, व्यापक लोप र अनियन्त्रित शिकारले जलवायु तनाव र खडेरीदेखि सांस्कृतिक क्षति र आर्थिक अस्थिरतासम्मका अफगानिस्तानका चुनौतीहरूलाई तिब्र बनाउन सक्छ । उनले संरक्षण, सार्वजनिक शिक्षा र वन्यजन्तु बेचबिखन र क्रूरता विरुद्ध कडा कार्यान्वयनमा लगानी गर्न आग्रह गरे ।

नोट्रे डेम ग्लोवल अनुकुलन पहलकाअनुसार अफगानिस्तान जलवायु परिवर्तनको सबैभन्दा जोखिममा रहेका सात देशहरूमा पर्छ । चलिरहेको वातावरणीय संकटले कृषिलाई विनाश गरिरहेको छ, पशुधनलाई खतरामा पारिरहेको छ र ठूलो संख्यामा मानिसहरूलाई विस्थापित गरिरहेको छ । यसैबीच, काबुल विश्वविद्यालयको वातावरण विभागका प्राध्यापक दाऊद शिरजादले केही स्तनधारी र चरा प्रजातिहरूको लोपले अफगानिस्तानको स्थलीय र जलीय पारिस्थितिक प्रणालीलाई बाधा पु¥याएको बताए ।

अफगानिस्तानका वातावरणीय अधिकारीहरूले अवैध वन्यजन्तु व्यापार विरुद्ध लड्ने र शिकार रोक्ने आफ्नो प्रतिवद्धतालाई पुनः पुष्टि गरेका छन् । राष्ट्रिय वातावरण संरक्षण एजेन्सीको प्राकृतिक सम्पदा विभागका प्रमुख हमेद साफीले गत वर्ष मात्र अधिकारीहरूले २६ हजार भन्दा बढी जनावरहरूको बेचबिखन रोकेका छन् । जसलाई त्यसपछि जंगलमा फिर्ता छोडिएको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस