२०८२ असार १७ गते, मंगलवार ०४:५३

काठमाडौं –

वाशिंगटन डी.सी. मा रहेको यहुदी संग्रहालय नजिकै राति दुई इजरायली दुतावासका कर्मचारीको मृत्यु भएको अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले बताउनुभएको छ । वाशिंगटन डी.सी. मा रहेको यहुदी संग्रहालय नजिकै आज राति दुई इजरायली दुतावासका कर्मचारीहरूको हत्या गरिएको हो । मिडिया रिपोर्टहरूले दुई जनालाई गोली हानी मारिएको बताएका छन् ।

नोएमले घटनाबारे अनुसन्धान भइरहेको बताउनु भयो । घाइतेहरूमध्ये एक जनालाई गम्भीर अवस्थामा नजिकैको अस्पतालमा लगिएको थियो र उनको मृत्यु भएको थियो । प्रहरीले हाल घटनाको सम्बन्धमा चासो राख्ने व्यक्तिसँग सोधपुछ गरिरहेको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस