२०८२ असार १७ गते, मंगलवार ००:२९

जनकपुर –

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सीमानाकाबाट अवैध रुपमा आयात हुने माछा, अण्डा र कुखुरामा प्रतिवन्ध लगाउन जरुरी रहेको बताउनुभएको छ ।

अवैध रुपमा सीमानाकाट भित्रिएका अण्डा, माछा र कुखुराको मासु खानयोग्य नरहेको बताउनुभएको हो । जसकारणले नेपालमा कृषकलाई पनि समस्या भइरहेको उल्लेख गर्नुभयो । जनकपुरमा शुक्रवार मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै मुख्यमन्त्री सिंहले भारतीय सीमाबाट आउने माछामा फर्मालिनको प्रयोग हुने गरेको पाइएको र त्यसले क्यान्सर निम्तिरहेको बताउनु भयो ।

मुख्यमन्त्री सिंहले लागुऔषध नियन्त्रण नभए अहिलेको समाजमा ठूलो प्रभाव पर्ने जिकिर गर्नुभयो । प्रहरी समायोजन गर्न पनि माग गर्नुभयो । सरकारसँग प्रहरी नभएसम्म काम गर्न कठिन हुने बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस