२०८२ असार १७ गते, मंगलवार ००:३७

 काठमाडौं –

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गरिबी र बेरोजगारीको दुष्चक्रबाट नेपाल माथि उठ्नसक्ने सम्भावना बढेको बताउनुभएको छ ।

मणिकर कार्कीको पुस्तक अर्थदृष्टि लोकार्पण समारोहमा बोल्दै उहाँले नेपालले २१ औं शताब्दीमा विश्वसँग पदचाप मिलाएर जानसकेमा अल्पविकसित, गरिबी, बेरोजगारी र परनिर्भरताको अन्त्य हुने बताउनुभएको हो ।

उहाँले हामीहरुले लोकतन्त्र ल्यायौं, विश्वका नागरिक सरहको राजनीतिक अधिकारहरु लेखेको भएपनि परिवर्तनबाट वित्तीय संस्था, राजनीतिक संस्था र भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाहरुलाई बलियो बनाउन नसक्दा पछि पर्दै गएको स्पष्ट पार्नुभयो । अबको विकास एशियाली मुलुकहरुतर्फ बढिरहेकोले नेपालले पनि विश्वसँग पदचाप मिलाउँदै अघि बढ्नु आजको आवश्यकता भएको डा। भट्टराईको भनाई थियो ।

उहाँले हिजोको साम्यवादले आज काम नहुने भन्दै नाम जेसुकै दिएपनि बृद्धि, वितरण, दिगोपन र खुशीपन सहितको सन्तुलन भएको बाटो नै अवको बाटो भएकाले यसतर्फ गम्भीर हुनुपर्ने समय आएको बताउनु भयो ।

उहाँले अर्को मुख्य विषय भनेको पर्यावरण सन्तुलन कायम गर्नुपर्नेतर्फ काम गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस