२०८२ पुष २४ गते, बिहीबार ०४:१५

तीनकुने काण्डको तहल्का: दुर्गा प्रसाईंमाथि ५ मुद्दा, १०८ प्रतिवादीको फेहरिस्त!

काठमाडौँ-

चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा अवाञ्छित गतिविधिमा संलग्न भएको आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध ठूलो कारबाहीको तयारी भएको छ। प्रहरीले बिहीबार अनुसन्धान प्रतिवेदन बुझाउँदै प्रसाईंमाथि ५ वटा गम्भीर मुद्दा लगाउन सिफारिस गरेको छ। यी मुद्दाहरूमा राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, ज्यानसम्बन्धी कसुर, ज्यान मार्ने उद्योग र सङ्गठित अपराध समावेश छन्।

प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरालाई पनि राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र सङ्गठित अपराधको अभियोग लगाउन सुझाव दिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले एक संचार गृह लाई जानकारी दिँदै कुल १०८ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाइएको बताए।

प्रतिवेदनमा उल्लेख भएका १०८ प्रतिवादीमध्ये १८ जना अझै फरार रहेका छन्। यता, पक्राउ परेका र हाजिर जमानीमा छुटेका ९० जनालाई प्रतिवादीको रूपमा कायम गरिएको छ। यो घटनाले राजधानीमा ठूलो तरंग ल्याएको छ र कानुनी कारबाहीको प्रक्रिया तीव्र गतिमा अगाडि बढ्ने देखिन्छ।

नेशनल मेडिकल कलेजमा डीन प्रा.डा. शर्मा र क्याम्पस प्रमुख प्रा.डा. उप्रेती सम्मानित; नवनिर्मित कन्फरेन्स हलको उद्घाटन

वीरगन्ज- वीरगन्जस्थित नेशनल मेडिकल कलेजले त्रिभुवन विश्वविद्यालय, शिक्षण संस्थान (IOM)

नेशनल मेडिकल कलेजमा डीन प्रा.डा. शर्मा र क्याम्पस प्रमुख प्रा.डा. उप्रेती सम्मानित; नवनिर्मित कन्फरेन्स हलको उद्घाटन

वीरगन्ज- वीरगन्जस्थित नेशनल मेडिकल कलेजले त्रिभुवन विश्वविद्यालय, शिक्षण संस्थान (IOM)

पोडकास्ट सुन्नुहोस