२०८२ असार १७ गते, मंगलवार ००:५८

वीरगन्ज , –

वीरगन्जस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्गतको ठाकुर राम बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा एकदिने रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

सोमबार क्याम्पस परिसरमै आयोजित कार्यक्रममा १ महिला सहित ६० जना पुरुषले रक्तदान गरेका छन्। कार्यक्रममा विद्यार्थी, शिक्षक, कर्मचारी तथा आम नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमको उद्देश्य हाल वीरगन्ज ब्लड बैंकमा देखिएको रगत अभावलाई केही हदसम्म सम्बोधन गर्नु रहेको आयोजकले बताएका छन्। स्वतन्त्र विद्यार्थी युनियनका सभापति राजकुमार यादवका अनुसार आपतकालीन अवस्थामा रगतको अभावका कारण बिरामीहरू समस्यामा पर्न थालेपछि यस्तो कार्यक्रम आयोजना गरिएको हो।

उनले भविष्यमा पनि यस्ता सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस