२०८२ भाद्र ४ गते, बुधबार २३:४८

काठमाडौँ-

जाम्बियाले आईतवार अफ्रिका दिवस मनाएको छ । राष्ट्रपति हाकाइन्डे हिचिलेमाले पान–अफ्रिकी एकताको लागि पुनः प्रतिवद्धताको लागि आह्वान गर्नुभएको छ । जाम्बियाका राष्ट्रपतिले अफ्रिकाले पान–अफ्रिकीवादको भावनामा पुनः प्रतिवद्ध हुनु महत्वपूर्ण रहेको बताउनु भयो ।

हिचिलेमाले अफ्रिकी नेताहरूलाई पारदर्शिता, विवेकपूर्ण वित्तीय व्यवस्थापन र सबै अफ्रिकीहरूका लागि रोजगारी र अवसरहरू प्रदान गर्ने विकास सुनिश्चित गर्ने प्रतिवद्धतामा आधारित समावेशी विकासलाई प्राथमिकता दिन आह्वान गर्नुभयो । जाम्बियाले अझ समतामूलक अन्तर्राष्ट्रिय वित्तीय संरचनाको वकालत गरिरहने बताउनु भयो ।

मे २५ मा वार्षिक रूपमा मनाइने अफ्रिका दिवसले १९६३ मा अफ्रिकी एकता संगठनको स्थापनाको सम्झना गर्दछ । जुन अहिले अफ्रिकी संघको रूपमा चिनिन्छ । यो दिनले अफ्रिकाको एकता, शान्ति र समृद्ध सांस्कृतिक विविधताको उत्सव मनाउँछ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस