काठमाडौँ-
दिल्ली र नजिकैका राज्यहरूमा शनिवार रातिदेखिको भारी वर्षा र चट्याङसँगै आएको शक्तिशाली आँधीबेहरीले ठूलो क्षति पु¥याएको छ । जसका कारण उत्तर भारतीय राज्यहरूमा ठूलो बाढी र डुबान भएको छ । केही रूखहरू उखेलिएका छन् । एक सय भन्दा बढी उडानहरू प्रभावित भएका छन् ।
भारतीय राजधानी शहरका धेरै क्षेत्रहरूमा अन्डरपासहरूमा जम्मा भएको पानीमा बस, कार र अन्य सवारी साधनहरू डुबेका देखिएका छन् । खराब मौसमका कारण लामो समयसम्म बिजुली आपूर्ति प्रभावित भयो । धेरै तल्लो क्षेत्रहरूमा, विशेष गरी मध्य र दक्षिण दिल्लीमा, घुँडादेखि कम्मरसम्म पानी जमेको देखिएको छ । जसले गर्दा यातायात अवरुद्ध भएको छ । दिल्ली विमानस्थलले विमानस्थलतर्फ प्रस्थान गर्नुअघि यात्रुहरूलाई आ–आफ्नो उडानको स्थिति जाँच गर्न सल्लाह जारी ग¥यो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार, उत्तरी राज्य उत्तर प्रदेशको गाजियाबाद शहरमा आँधीबेहरी र भारी वर्षाको क्रममा उनको कार्यालयको छत भत्किँदा एक प्रहरी अधिकारीको मृत्यु भएको छ ।