२०८२ असार १७ गते, मंगलवार ०७:२४

काठमाडौं-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले वर्तमान व्यवस्था विरुद्धको आन्दोलन शान्तीपूर्ण र अहिंसात्मक हुने बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले यस्तो बताउनु भएको हो । शान्तीपूर्ण र अहिंसात्मक बाटोबाटै आफूहरुले परिवर्तन खोजेको अध्यक्ष लिङ्देनको भनाइ छ । उहाँले भारतमा १ सय ९० वर्ष पुरानो ब्रिटिश शासन अहिंसात्मक आन्दोलनबाट अन्त्य भएको उदाहरण दिँदै नेपालमा पनि जनताले शान्तिपूर्ण तर व्यापक आन्दोलन गरे यो व्यवस्था पलभरमै ढाल्न सकिने दाबी गर्नुभयो । उहाँले सत्तामा रहेका केही व्यक्तिहरुले आफ्नो व्यक्तिगत फाइदाको लागि देशको आर्थिक, सामाजिक र शान्तिसुरक्षा अवस्थालाई नाजुक बनाएको आरोप लगाउनु भयो ।

उहाँले देश लुटेर बसेका केही मान्छेहरु बाहेक सबैको मनमा देशको अवस्था ठिक नभएको रहेको टिप्पणी गर्नुभयो । अध्यक्ष लिङ्देनले देश बिग्रिए नेताहरुको केही बिग्रिने नभई युवाहरुको भविष्य बर्बाद हुने टिप्पणी गर्नुभयो । यो देशको भविष्यसँग आजका युवाहरुको भविष्य समेत जोडिएको उल्लेख गर्दै अध्यक्ष लिङदेनले देश बिग्रिन लागेको जानकारी गराउन युवाहरुलाई आमन्त्रण गरिएको बताउनु भयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलवारदेखि संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र स्थापनाको माग राख्दै अनिश्चितकालिन आन्दोलन गर्ने जनाएको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस