२०८२ असार १६ गते, सोमबार १४:३७

काठमाडौँ –

नेपालमा सञ्चालित सार्वजनिक संस्थानमध्ये २८ वटा नाफामा चलेका छन् भने १५ वटा अझै घाटामा रहेको सरकारी तथ्य सार्वजनिक भएको छ ।

संसदमा सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८२ प्रश्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले  सञ्चालनमा रहेका २८ ओटा नाफा संस्थान नाफामा छन् भने १५ वटा घाटामा रहेको बताउनु भयो । संस्थानसम्बन्धि प्रतिवेदनअनुसार २ ओटा बन्द अवस्थामा रहेका छन् ।

त्यस्तै आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानको खुद नाफा ४२ अर्ब ६२ करोड पुगेको छ । जुन गत समीक्षा अवधिको तुलनामा १२.८८ प्रतिशतले कम हो । नोक्शानीमा रहेका संस्थानको खुद नोक्शानी.३ अर्ब ६३ करोड रहेको छ । नाफामा रहेका संस्थानहरूको खुद नाफा गत आर्थिक वर्षको तुलनामा ११.५० प्रतिशतले घटेको छ भने नोक्सानीमा रहेका संस्थानहरूको खुद नोक्शानी गत वर्षको तुलनामा ८.६५ प्रतिशतले बढेको छ ।

त्यस्तै सार्वजनिक संस्थानबाट नेपाल सरकारलाई आर्थिक वर्ष २०७९/८० मा १३ अर्ब ७५ करोड लाभांश प्राप्त भएकोमा आर्थिक वर्ष २०८०-८१ मा ८ अर्ब ८३ करोड प्राप्त भएको देखिएको छ । कुल शेयर लगानीको तुलनामा लाभांश अनुपात विश्लेषण गर्दा आर्थिक वर्ष २०८०-८१ मा २.४ प्रतिशत रहेको छ ।

सार्वजनिक संस्थानको कुल सम्पती २९ खर्ब भन्दा माथि पुगेको छ । आज संसदमा सार्वजनिक संस्थानको वार्षिक स्थिति संसद्मा प्रश्तुत गर्दै ४५ ओटा सार्वजनिक संस्थानको सम्पती २९ खर्ब १० अर्ब पुगेको बताउनु भयो । उहाँकाअनुसार अहिले  सञ्चालनमा रहेका ४५ वटा संस्थानमध्ये २० वटा पूर्ण सरकारी स्वामित्वका र २५ वटामा सरकारको अधिकांश स्वामित्व रहेका छन् ।

प्रतिक्रिया

युवाका सिर्जनात्मक, सकारात्मक र परिवर्तनकारी पहलकदमीसँग सहकार्य गर्दै अघि बढ्नुको विकल्प छैनः उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादवले युवाका सिर्जनात्मक, सकारात्मक र परिवर्तनकारी पहलकदमीसँग सहकार्य

युवाका सिर्जनात्मक, सकारात्मक र परिवर्तनकारी पहलकदमीसँग सहकार्य गर्दै अघि बढ्नुको विकल्प छैनः उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादवले युवाका सिर्जनात्मक, सकारात्मक र परिवर्तनकारी पहलकदमीसँग सहकार्य

सम्बन्धित खबर

neelambads

पोडकास्ट सुन्नुहोस