२०८२ असार १६ गते, सोमबार १५:२८

काठमाडौँ –

आगामी आर्थिक वर्षमा ५ लाख भूमिहिन परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिने भएको छ ।

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रश्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिनुभएको हो । जग्गाको लगत संकलन र प्रमाणिकरणको प्रक्रिया सम्पन्न गरी प्रमाण पुर्जा वितरण मन्त्री पौडेलले बताउनु भयो । उहाँले जग्गाधनी प्रमाण पूर्जा वितरण गर्न आवश्यक आर्थिक स्रोत र साधनको अभाव हुन नदिइने स्पष्ट पार्नुभयो । उहाँका अनुसार सरकारले अगामी आर्थिक वर्षमा कृषियोग्य जमिन बाँझो राख्न नपाइने नीति लिनेछ । उहाँले सरकारी तथा सार्वजनिक जग्गाको अभिलेख अद्यावधिकत तथा संरक्षण गरिने बताउनु भयो । कृषियोग्य भुमिको प्रभावकारी उपयोगका लागि भूमि बैंकसम्बन्धी कानूनी तथा संस्थागत संरचना निर्माण गरिने मन्त्री पौडेलले बताउनु भयो ।

आगामी आर्थिक वर्षमा कम्तीमा १०ण् स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने सरकारले लक्ष्य राखेको छ ।

प्रतिक्रिया

सहकारी संस्थाहरूको कर्जा असुलीसम्बन्धी मुद्दाको शुरु कारबाही र किनारा गर्न कृतिबहादुर बस्नेतको अध्यक्षमा कर्जा असुली न्यायाधिकरण गठन

सम्पती व्यवस्थापन विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने लगायतका विभिन्न

सम्बन्धित खबर

neelambads

पोडकास्ट सुन्नुहोस