२०८२ असार १७ गते, मंगलवार ०१:३४

पर्सा-

पर्सा जिल्लाका आठ प्रमुख राजनीतिक दलले बिहीबार साँझ वीरगन्जको माईस्थानमा १८ औं संघीय लोकतान्त्रिक गणतन्त्र दिवसको अवसरमा संयुक्त रुपमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेका छन्।

कार्यक्रममा सहभागी राजनीतिक दलका नेताहरूले गणतन्त्रको विकल्प नभएको भन्दै यसका कमीकमजोरीहरूलाई सुधार गरी गणतन्त्रको संस्थागत विकासमा जोड दिएका छन्।

दीप प्रज्वलन कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति तथा मधेश प्रदेश सरकारका मन्त्री जनार्दन सिंह क्षेत्री, नेकपा एमाले पर्साका कार्यवाहक अध्यक्ष मनोज कुमार गुप्ता, माओवादी केन्द्र पर्साका निवर्तमान अध्यक्ष राम दरश कुशवाह, राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका अध्यक्ष हरि पन्त, जसपा नेपाल पर्साका अध्यक्ष राम नरेश यादव, जनमत पार्टी पर्साका अध्यक्ष ओम प्रकाश सरार्फ, नेकपा (एकीकृत समाजवादी) पर्साका अध्यक्ष बालगोपाल थापा र जसपा पर्साका अध्यक्ष सिहासन साह तेलीले शुभकामना मन्तव्य राखेका थिए।

 

वीरगन्ज महानगरपलिकाका उप प्रमुख इम्तियाज आलमले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनापछि देशमा विभिन्न सकारात्मक परिवर्तनहरू आएको चर्चा गर्दै, यसलाई थप मजबुत बनाउन सबै राजनीतिक दल र नागरिक समाज एकताबद्ध हुनुपर्नेमा जोड दिए। उनीहरूले गणतन्त्रका उपलब्धिहरूको रक्षा गर्दै यसलाई थप जनमुखी र प्रभावकारी बनाउन निरन्तर प्रयास गरिरहने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमको सहजीकरण नेकपा एमाले पर्साका सचिव महेश दासले गरेका थिए। कार्यक्रममा विभिन्न राजनीतिक दलका कार्यकर्ता, नागरिक समाजका प्रतिनिधि र स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

 

 

https://youtu.be/s70Jndwn27Q

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस