२०८२ असार १६ गते, सोमबार १९:४५

पर्सा –

औद्योगिक नगरी वीरगन्जका उद्योगी र व्यवसायीले आर्थिक वर्ष २०८२/८३ को बजेटलाई नयाँ उद्योग स्थापना र निजी क्षेत्रको समृद्धिलाई प्रोत्साहन गर्ने सकारात्मक कदम मानेका छन्।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्मा प्रस्तुत गरेको बजेटमा विशेष आर्थिक क्षेत्र (SEZ) र औद्योगिक क्षेत्रमा नयाँ उद्योगलाई पहिलो तीन वर्ष भाडा छुट, मासिक भाडादर प्रति वर्ग मिटर २० बाट ५ रुपैयाँमा झारिएको छ। ३०% भन्दा बढी निर्यात गर्ने उद्योगलाई SEZ सरह सुविधा, भन्सारमा साढे दुई प्रतिशत अग्रिम आयकर खारेज, र विद्युतीय सवारीको कर यथावत राखिएको छ।

वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले बजेटले निजी क्षेत्रमा आशा जगाएको, तर सबै अपेक्षा पूरा नगरेको बताए। “अग्रिम आयकर खारेज र विद्युतीय सवारीमा कर यथावत राख्नु सकारात्मक छ,” उनले भने।

अर्थशास्त्री दीपेन्द्रकुमार चौधरीले कम्पनी दर्ता र बहिर्गमन एकल विन्दुबाट हुने व्यवस्था, स्वेट शेयरको कानुनी प्रावधान, र निजी क्षेत्रलाई समृद्धिको संवाहक बनाउने सोचलाई स्वागतयोग्य माने।

बजेटमा अमलेखगञ्ज-लोथर पेट्रोलियम पाइपलाइन विस्तार, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, र चुरे-तराई मधेसको जलचक्र व्यवस्थापन जस्ता परियोजनाले क्षेत्रको आर्थिक विकासमा योगदान दिने अपेक्षा छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस