२०८२ असार १७ गते, मंगलवार ०१:११

बारा

बाराको जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. २१, अमलेखगञ्जबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ट्रामाडोल र ओनेरेक्ससहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले बिहान ११:४० बजे वीरगञ्जबाट हेटौडातर्फ जाँदै गरेको भारतीय कार (नम्बर बीआर–०१–बियु–३४८५) लाई चेकजाँच गर्दा ठूलो परिमाणमा लागुऔषध बरामद भएको हो।

प्रहरीले कारको पछाडिको सिटमुनि र ढोकाहरूमा फल्स बटम बनाएर लुकाइएको २,१६० पत्ता (२१,६०० ट्याब्लेट) ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल र कारको बायाँ साइडको अगाडि तथा पछाडिको ढोकाको पल्लाभित्र लुकाइएको ७६ बोतल ओनेरेक्स (१०० एमएल) बरामद गरेको छ।

पक्राउ पर्नेहरूमा कार चालक भारत, भैसाली जिल्ला, हुसेनारा वडा नं. १२ बस्ने २७ वर्षीय धिरज कुमार सिंह र सोही गाडीमा सवार भारत, मोतिहारी जिल्ला, कटगेनवा वडा नं. २ बस्ने १८ वर्षीय चन्दन कुमार पटेल रहेका छन्।

बरामद लागुऔषधसहित पक्राउ परेका दुवै जनामाथि आवश्यक कानूनी कारबाही अगाडि बढाइएको ईलाका प्रहरी कार्यालय अमलेखगञ्जले जनाएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस