२०८२ असार १७ गते, मंगलवार १३:०७

काठमाडौं –

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अझै पनि संक्रमणकालमा रहेको र यसको सही निकास खोज्नुपर्ने बताएका छन्। शनिबार नेकपा एमाले निकट नेपाल बुद्धिजिवी परिषद्को अधिवेशनलाई सम्बोधन गर्दै उनले देशले कस्तो समाज र कस्तो नेपाल बनाउने भन्ने सन्दर्भमा वैचारिक लडाइँ चलिरहेको उल्लेख गरे।

“देश संक्रमणकालमा छ, देशले सही निकास खोजी रहेको छ,” प्रधानमन्त्री ओलीले भने, “हामी अहिले पनि कस्तो समाज बनाउने र नेपाललाई कस्तो नेपाल बनाउने भन्ने सन्दर्भमा असाधारण ढंगले वैचारिक लडाइँ लडिरहेका छौँ।”

उनले मुलुकले सामना गरिरहेका चुनौती र समस्याहरूलाई समाधान गर्न बुद्धिजिवी परिषद्को अधिवेशनले महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए। ओलीले देशको विकास र समृद्धिका लागि वैचारिक स्पष्टता र रचनात्मक दृष्टिकोण आवश्यक रहेको बताए।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस