२०८२ असार १७ गते, मंगलवार ०१:१०

बारा –

बाराको प्रसौनी गाउँपालिका–६ मा एक ८ वर्षीया बालिकामाथि भएको बलात्कारको घटनामा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ। गत जेठ १४ गते राति भएको घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय बाराले अनुसन्धान सुरु गरेको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजय राज पण्डितका अनुसार घटनामा संलग्न रहेको आशंकामा पक्राउ परेकाहरूको नाम गोप्य राखिएको छ। उनीहरूलाई जिल्ला अदालत बाराबाट जबरजस्ती करणी मुद्दामा ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बलात्कारबाट पीडित बालिकाको वीरगञ्जस्थित एक अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकहरूका अनुसार उनको अवस्था गम्भीर भए पनि स्थिर रहेको छ। प्रहरीले यस घटनाबारे थप अनुसन्धान गरिरहेको बताएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस