२०८२ असार १७ गते, मंगलवार ०१:३१

वीरगन्ज –

नेपाल प्रेस युनियन पर्साले आफ्नो ३४औं स्थापना दिवसको अवसरमा वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेको छ। वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमको विशेष उपस्थितिमा भएको यो कार्यक्रममा प्रसूति, मेडिसिन, आइसियु, सिसियु, पोष्टअप र सर्जिकल वार्डमा भर्ना भएका २०० भन्दा बढी बिरामीलाई फलफूल वितरण गरिएको प्रेस युनियन पर्साका अध्यक्ष विजय महतोले बताए।

कार्यक्रममा उपमेयर आलमले बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उनीहरूका गुनासा सुने र तत्काल समस्या समाधानका लागि सम्बन्धित निकायलाई निर्देशन दिए। उनले यस्ता सामाजिक कार्यले बिरामी र समुदायमा सकारात्मक प्रभाव पार्ने बताए।

कार्यक्रममा उपमेयर आलम प्रमुख अतिथि र नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी विशिष्ट अतिथिका रूपमा सहभागी थिए। साथै, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य श्रीराम रायमाझी, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल, नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा. उदनारायण सिंहलगायत उपस्थित थिए। उपमेयरका प्रेस सल्लाहकार महमद सदाबले यो जानकारी दिए।

स्थानीयवासीले प्रेस युनियन र उपमेयर आलमको यो पहलको प्रशंसा गरेका छन्। उपमेयरको सक्रियताले बिरामीहरूको समस्याप्रति महानगरको संवेदनशीलता झल्किएको र यस्ता कार्यले सामाजिक एकता मजबुत हुने आयोजकको भनाइ छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस