वीरगन्ज –
वीरगन्ज महानगरपालिका–३ निवासी निरञ्जन मिश्र नेपाल रेडक्रस सोसाइटी छपकैया उपशाखाको सदस्य पदमा मनोनीत भएका छन्। उपशाखाको मिति २०८२ जेठ १७ गते बसेको कार्यसमिति बैठकको निर्णयअनुसार रिक्त स्थान पूर्ति गर्न मिश्रलाई यो जिम्मेवारी दिइएको हो।
नेपाल रेडक्रस सोसाइटीको विधान (२०औँ सत्रौँ संशोधन, २०७४) को दफा ४ अनुसार गरिएको यो मनोनयनले सङ्गठनको गतिविधिमा थप ऊर्जा र गति आउने अपेक्षा गरिएको छ। उपशाखाका सभापतिले मनोनयन पत्रमार्फत मिश्रको कार्यकालमा उपशाखाले आफ्ना लक्षित उद्देश्यहरू हासिल गर्न सक्रिय, प्रभावकारी र सकारात्मक योगदान प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।

निरञ्जन मिश्र सामाजिक क्षेत्रमा सक्रिय र परिचित व्यक्तित्व हुन्। उनले विभिन्न सामाजिक गतिविधिमार्फत समुदायमा सेवा प्रदान गर्दै आएका छन्। मिश्र हाल वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको जनसम्पर्क सल्लाहकार र प्रेस चौतारी नेपाल पर्सा शाखाको अध्यक्षको रूपमा पनि कार्यरत छन्।
सदस्य पदमा मनोनीत भएपछि मिश्रले नेपाल रेडक्रस सोसाइटीमार्फत सामाजिक सेवामा अझै बढी योगदान दिने प्रतिबद्धता जनाएका छन्। उनको यो मनोनयनले छपकैया उपशाखाको सामाजिक कार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।