२०८३ बैशाख ४ गते, शुक्रबार ०९:१५

नारायणी अस्पतालमा विद्युत अवरुद्ध घटनाको छानबिन माग, मेयर सिंहद्वारा ६ बुँदे ज्ञापनपत्र

वीरगन्ज–

वीरगन्जस्थित नारायणी अस्पतालको आइसियु र सिसिसियु वार्डमा तीन घण्टासम्म विद्युत आपूर्ति अवरुद्ध भई बिरामीको ज्यान जोखिममा परेको घटनाको उच्चस्तरीय छानबिन गर्न वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसमक्ष माग गरेका छन्।

मंगलबार स्वास्थ्य मन्त्रालयमा पुगेर मेयर सिंहले मन्त्री पौडेललाई ६ बुँदे ज्ञापनपत्र बुझाएका हुन्। सो अवसरमा खानेपानी मन्त्री तथा पर्सा क्षेत्र नं. १ का सांसद प्रदीप यादवको पनि उपस्थिति थियो। गत शुक्रबार राति नारायणी अस्पतालमा विद्युत सर्ट भई आइसियु र सिसिसियु वार्डमा तीन घण्टासम्म सेवा अवरुद्ध हुँदा १७ जना बिरामीको ज्यान जोखिममा परेको थियो।

मेयर सिंहले यो घटना अस्पताल प्रशासन र प्राविधिक पक्षको चरम लापरवाहीका कारण भएको दाबी गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन्। ज्ञापनपत्रमा अस्पताल विकास समितिलाई बर्खास्त गर्न, न्यूनतम पूर्वतयारी (विद्युत ब्याकअप, जेनेरेटर परीक्षण, कर्मचारी तालिम) अनिवार्य गर्न, प्रभावित बिरामीको विवरण सार्वजनिक गर्न र पीडितलाई क्षतिपूर्ति दिन माग गरिएको छ।

मेयर सिंहले नारायणी अस्पतालमा भौतिक पूर्वाधारको अभाव र कर्मचारीको लापरवाहीले बिरामी निजी अस्पताल जान बाध्य भएको भन्दै सार्वजनिक स्वास्थ्य प्रणालीको विश्वसनीयताका लागि नीतिगत हस्तक्षेप आवश्यक रहेको बताए। यसअघि शनिबार पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको उपस्थितिमा बसेको बैठकले अस्पतालका इलेक्ट्रीसियन इन्चार्ज सञ्जीव गुप्तालाई निलम्बन गरेको छ।

सीमाशुल्क विवाददेखि मल अभावसम्मः प्रधानमन्त्री-मुख्यमन्त्री छलफलमा उठे जनताका जल्दाबल्दा मुद्दा

काठमाडौँ – सिंहदरबारमा बिहीबार बसेको प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीबीचको

सीमाशुल्क विवाददेखि मल अभावसम्मः प्रधानमन्त्री-मुख्यमन्त्री छलफलमा उठे जनताका जल्दाबल्दा मुद्दा

काठमाडौँ – सिंहदरबारमा बिहीबार बसेको प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीबीचको

पोडकास्ट सुन्नुहोस