२०८३ बैशाख ४ गते, शुक्रबार ०९:३८

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन असम्भवः एमाले

काठमाडौं-

नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणका सम्बन्धमा प्रतिपक्षी दलहरुले अघि सारेका मागहरु कुनैपनि हालतमा पूरा हुन नसक्ने टिप्पणी गर्नुभएको छ ।

बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले गृहमन्त्रीले सार्वजनिक रुपमा उठोका प्रश्नहरुको संसदमा जवाफ दिने भन्दा पनि प्रतिपक्षीहरुले अवसर नदिएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान प्रतिवेदन सार्वजनिक नभएसम्म कुनैपनि छानबिन समिति नबन्ने जिकिर गर्नुभयो । संवैधानिक आयोगभन्दा ठूलो कुनैपनि छानबिन समिति हुन नसक्ने उहाँको भनाइ छ । बर्तौलाले गृहमन्त्रीले राजीनामा पनि नदिने र छानबिन समिति पनि नबन्ने उल्लेख गर्दै प्रतिपक्षीहरु पछि हटेर संसदको गतिरोध खुलाउन भुमिका खेल्नुपर्ने बताउनु भयो ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भिजिट भिसामा विदेश जानेहरुबाट रकम असुली प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृहमन्त्रालयका सहसचिव तीर्थ भट्टराई सहितका कर्मचारीहरुमाथि अनुसन्धान थालेपछि गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग राख्दै प्रतिपक्षी दलहरुले संसद बैठक अवरुद्ध गर्दै आएका छन् ।

सीमाशुल्क विवाददेखि मल अभावसम्मः प्रधानमन्त्री-मुख्यमन्त्री छलफलमा उठे जनताका जल्दाबल्दा मुद्दा

काठमाडौँ – सिंहदरबारमा बिहीबार बसेको प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीबीचको

सीमाशुल्क विवाददेखि मल अभावसम्मः प्रधानमन्त्री-मुख्यमन्त्री छलफलमा उठे जनताका जल्दाबल्दा मुद्दा

काठमाडौँ – सिंहदरबारमा बिहीबार बसेको प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीबीचको

पोडकास्ट सुन्नुहोस