२०८२ असार १७ गते, मंगलवार ०१:३७

जनकपुरधाम –

मधेश प्रदेश सभाको पाँचौं अधिवेशनको पहिलो बैठक बुधबार सुरु भएलगत्तै प्रमुख प्रतिपक्षको विरोधका कारण स्थगित भएको छ। जसपा नेपालका सांसद रामअशिस यादवले सभामुखले १ महिना २४ दिनअघि गठन गर्ने निर्णय गरेको संसदीय छानबिन समिति अझै गठन नभएको भन्दै बैठक स्थगित गर्न माग गरे। उनले जनमत नेतृत्वको सरकारले आर्थिक अनुशासनको खुलेआम उल्लंघन गरेको र भ्रष्टाचारलाई संसद्ले समेत समर्थन गरेको आरोप लगाए।

सांसद यादवले छानबिन समिति गठन नभएसम्म सदन अवरुद्ध गर्ने चेतावनी दिए। त्यसपछि सभामुख रामचन्द्र मण्डलले बिहीबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरे।

बुधबारको बैठकमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको अधिवेशन आह्वान पत्र, विधेयक प्रमाणीकरण पत्र, मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी पत्र पढ्ने र दलका नेताहरूको शुभकामना मन्तव्य दिने कार्यसूची रहेको थियो।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस