काठमाडौं –
रॉयल चैलेंजर्स बेंगलुरु (आरसीबी) का दिग्गज खेलाडी विराट कोहलीले बेंगलुरुको एम चिन्नास्वामी स्टेडियम बाहिर भएको भगदड़मा ११ जनाको मृत्यु भएको घटनाप्रति गहिरो शोक व्यक्त गरेका छन्। यो दुखद घटनाले आफूलाई भित्रैदेखि भाँचिएको भन्दै उनले इन्स्टाग्राममा लेखे, “शब्दहरूको कमी। म पूर्ण रूपमा टुटेको छु।”
आरसीबीको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को विजयी परेडका क्रममा बुधबार बेंगलुरुमा भएको भगदड़मा ११ जना प्रशंसकको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए। प्रहरीले भीड नियन्त्रण गर्न नसक्दा यो घटना भएको थियो, जसले आरसीबी प्रशंसकहरूको लागि विशेष दिनलाई त्रासदीमा बदलिदियो।

विराट कोहलीले आरसीबीको आधिकारिक वक्तव्यमार्फत भगदड़बारे दुख व्यक्त गरे। उनले आफ्नो पोस्टमा लेखे, “यो घटनाले मलाई भित्रैदेखि तोडिदिएको छ।” भगदड़का कारण जितको उत्सवलाई छोट्याइएको थियो। स्टेडियममा केवल टिमका कप्तान रजत पाटीदार र विराट कोहलीले मात्र भाषण दिए र भीडको अगाडि ट्रफी प्रदर्शन गरे।
विराट कोहलीकी पत्नी, बलिउड अभिनेत्री अनुष्का शर्माले पनि आरसीबीको आधिकारिक वक्तव्य साझा गर्दै हृदयविदारक इमोजी प्रयोग गरेकी छन्।
आरसीबीको उत्सव कर्नाटकका मुख्यमन्त्री सिद्धारमैयासँग भेट गर्न विधान सौधा पुगेर सुरु भएको थियो। मुख्यमन्त्रीले आईपीएल २०२५ का च्याम्पियनलाई सम्मान गरेका थिए। त्यसपछि टिम चिन्नास्वामी स्टेडियम पुगेको थियो, तर स्टेडियम पुग्नुअघि नै भगदड़को खबर आएको थियो। घटनाको जानकारी प्राप्त भएपछि उत्सव स्टेडियमभित्र सीमित रह्यो।