काठमाडौँ-
टुरिष्ट गाइड एशोसिएशन अफ नेपालका अध्यक्ष थानेश्वर देवकोटाले पर्यटक गाइडका रुपमा काम गर्ने पथ प्रदर्शकलाई संघीय मन्त्रालय मातहत राखिनुपर्ने बताउनुभएको छ ।
बिहीवार आयोजित नवौं राष्ट्रिय टुरिष्ट गाइड सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष देवकोटाले हाल प्रदेश मातहत राखिँदा अन्य प्रदेशमा गएर काम गर्न असजिलो हुने भएकाले संघीय मन्त्रालयअन्तर्गत राख्नुपर्ने बताउनुभएको हो । उहाँले सम्पदा क्षेत्रहरुमा अनधिकृत गाइड कायमै रहेकोले त्यसलाई रोक्नका लागि पर्यटक प्रहरी र सम्पदा क्षेत्रका अधिकारीहरुले नियमित टुरिष्ट गाइडको लाइसेन्स चेकजाँचको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले नेपालका विभिन्न संघसंस्थामा कार्यरत विदेशी पाहुनाहरुलाई समेत पर्यटक पथ प्रदर्शकहरुबाट नै सम्पदा क्षेत्रको अवलोकन गरिने परिपाटी विकास गर्न सरकारलाई आग्रह गर्नुभयो । ऐनमा व्यवस्था भएअनुसार दण्ड तथा पुरस्कार कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष देवकोटाले नेपालको कल्चरल एम्बासडर मानिने पर्यटक पथ प्रदर्शकलाई कुराले मात्र नभई व्यवहारमा पनि पर्यटन क्षेत्रको एक अभिन्न अंगका रुपमा स्वीकार्नुपर्ने स्पष्ट पार्नुभयो ।
उहाँले गाइडहरुले समय सापेक्ष आपूmलाई परिवर्तन गर्नुपर्ने महशुस गरेको र आपूmभित्र रहेका कमी,कमजोरी हटाउन प्रयासरत रहेको जानकारी दिनुभयो ।