२०८२ असार १६ गते, सोमबार २०:१८

काठमाडौं–

यस साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। लगातार तेस्रो दिन ओरालो लागेको नेप्से ५.९९ अंक घटेर २६४०.९६ विन्दुमा झरेको छ। यद्यपि, कारोबार रकम भने बढेको छ। बुधबार ५.१६ अर्बको शेयर कारोबार भएको बजारमा बिहीबार ७ अर्ब ९७ करोड ८ लाख ८६ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।

बिहीबारको बजारमा १५३ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने ९४ कम्पनीको शेयर मूल्य बढेको छ। एक कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। १३ उपसमूहमध्ये जलविद्युत उपसमूहको परिसूचक १.१३ प्रतिशतले सबैभन्दा धेरै बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.०४ प्रतिशतले सबैभन्दा धेरै घटेको छ।

रिभर फल्स पावर, बुटवल पावर कम्पनी र पियोर इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यता, ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयर मूल्य ९.३० प्रतिशतले सबैभन्दा धेरै घटेको छ।

कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ९१ करोड २३ लाख ९० हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस