२०८२ असार १७ गते, मंगलवार ००:३३

जनकपुर –

मधेस प्रदेश सरकारले आज प्रदेशसभामा आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ। प्रदेशप्रमुख सुमित्रा भण्डारीले प्रदेशसभामा दिउँसो नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

मधेस नीति आयोगका उपाध्यक्ष सोहनप्रसाद साहले राष्ट्रिय समाचार समिति (रासस) लाई दिएको जानकारीअनुसार, नीति तथा कार्यक्रममा कृषिलाई विशेष प्राथमिकता दिइएको छ। यसका साथै शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रलाई पनि मुख्य प्राथमिकतामा राखिएको छ। “कृषिको आधुनिकीकरण र उत्पादकत्व वृद्धिका लागि विशेष योजना समेटिएको छ भने शिक्षा र स्वास्थ्यमा गुणस्तरीय सुधार र रोजगारी सिर्जनालाई प्राथमिकता दिइएको छ,” साहले भने।

प्रदेश सरकारले नीति तथा कार्यक्रममार्फत मधेस प्रदेशको समग्र विकास र समृद्धिलाई केन्द्रमा राखी दीर्घकालीन रणनीति प्रस्तुत गर्ने तयारी गरेको छ। यो नीति तथा कार्यक्रमले प्रदेशवासीका आधारभूत आवश्यकता र आर्थिक उन्नतिलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस