२०८२ असार २३ गते, सोमबार १७:५९

काठमाडौं –

नेकपा एमाले सांसद कृष्णगोपाल श्रेष्ठले सरकारसँग गरेको सहमतिबाट पछि नहट्न शिक्षकहरुसँग आग्रह गर्नुभएको छ ।

शुक्रवार काठमाडौंमा नेपाल आदर्श माध्यमिक विद्यालयको ७५ औं वर्ष हिरक जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले शिक्षकहरुले लामो आन्दोलन गरेर सरकारसँग सहमति कायम गर्नुभएको बताउनु भयो । उहाँले पटक पटक गरिएका सहमति लागू हुन नसकेको भएपनि अहिले गरेका सहमति कार्यान्वयनमा लैजान जोड दिनुपर्ने बताउनु भयो । शिक्षकहरुका माग सम्बोधनका लागि आफ्नो तर्फबाट पूरा सहयोग रहने जिकिर गर्नुभयो ।

अधिकार मागेर नपाइने भन्दै खोसेर लिनुपर्ने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खबर

neelambads

पोडकास्ट सुन्नुहोस