२०८२ असार १६ गते, सोमबार २२:३२

वीरगन्ज –

जिल्ला प्रहरी कार्यालय, बारा र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय, बारा, पर्साको संयुक्त प्रहरी टोलीले प्रतिबन्धित लागुऔषध नाइट्रोभेटसहित चार जनालाई नियन्त्रणमा लिएको छ।

शुक्रबार दिउँसो करिब ४ बजे कलैया उपमहानगरपालिका वडा नं. ०६, हनुमान चोकमा लागुऔषधको लेनदेन गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ। प्रहरीले पक्राउ परेकाहरूको साथबाट नाइट्रोभेट-१० लेखिएको ३५ पत्ता (कुल १,०३५ ट्याबलेट) बरामद गरेको छ।

पक्राउ पर्नेहरूमा कलैया उपमहानगरपालिका वडा नं. ०४ बस्ने २६ वर्षीय मुकेश साह कलवार, वडा नं. ०९, रामपुर बस्ने २० वर्षीय सुमन चौहान, सोही ठाउँका २४ वर्षीय प्रदिप कुमार साह र वडा नं. २७ बस्ने १९ वर्षीय धिरेन्द्र कुशवाहा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय, बाराले पक्राउ परेका चारै जनामाथि लागुऔषध सम्बन्धी कसुरमा आवश्यक कानूनी कारबाही प्रक्रिया अगाडि बढाइएको जनाएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस