काठमाडौँ-
नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले आगामी आईतवारदेखि प्रतिनिधि सभाको बैठक सहज ढङ्गले अगाडी बढ्ने बताउनुभएको छ ।
शुक्रवार नयाँ वानेश्वरस्थित सङ्घीय संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आगामी दिनहरूमा संसद् भवन आउने, सूचना टाँस गर्ने र फर्कने अवस्था नबन्ने बताउनु भयो । उहाँले प्रतिपक्षीले बैठक गरौँ भन्दा हुने र नगरौँ भन्दा नहुने अवस्थाको सिर्जना हुन नदिने समेत जिकिर गर्नुभयो ।

मुख्य सचेतक बर्तौलाले संसद्ले गर्नुपर्ने महत्वपूर्ण काममा जोडिनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले कानूनहरू पारित गर्नुपर्ने कार्यभार रहेको जिकिर गर्नुभयो । साथै, उहाँले आगामी आर्थिक वर्षको बजेटमाथि छलफल नभएको बताउँदै बजेटलाई पारित गर्नुपर्ने दिशामा जानुपर्ने जिम्मेवारी रहेको समेत जिकिर गर्नुभयो । उहाँले आगामी आईतवारदेखि प्रतिनिधि सभाको बैठक नियमित र सहज ढङ्गले सञ्चालन हुने दोहो¥याउनु भयो ।
उहाँले प्रतिपक्षीलाई पेलेर जाने कुरा वर्तमान सरकारको शब्दकोषमै नरहेको जिकिर गर्नुभयो ।