२०८२ असार १६ गते, सोमबार १५:३०

मुम्बई –

बलिउड अभिनेता सलमान खानको मुम्बईस्थित ग्यालेक्सी अपार्टमेन्टबाहिर गत १४ अप्रिलमा गोली चलाएको आरोपमा पक्राउ गरी हिरासतमा राखिएका एक युवकले बुधबार आत्महत्या गरेका छन्। प्रहरी हिरासतमा रहेका बेला अनुज थापन नामक ती युवकले आत्महत्याको प्रयास गरेपछि उनलाई गम्भीर अवस्थामा अस्पताल पुर्‍याइएको थियो, जहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरेका हुन्।

प्रहरीका अनुसार अनुज थापनलाई हिरासतभित्रै आत्महत्याको प्रयास गरेपछि तत्काल अस्पताल भर्ना गरिएको थियो तर उपचारका क्रममा उनको ज्यान गयो। थापनमाथि प्रहरीले सलमानको घरबाहिर गोली चलाउन प्रयोग भएको अवैध हतियार उपलब्ध गराएको आरोप लगाएको थियो।

यस घटनामा संलग्न भएको आरोपमा एक साता लामो अनुसन्धानपछि प्रहरीले पञ्जाबबाट दुई जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा ३७ वर्षीय सोनु सुभाष चन्द्र र ३२ वर्षीय अनुज थापन थिए। समाचार स्रोतका अनुसार अनुज थापन लरेन्स बिश्नोई ग्याङको सम्पर्कमा थिए र उनी ट्रकमा सहायकका रूपमा काम गर्थे।

मुम्बईको क्राइम ब्रान्चले सुरतको तापी नदीबाट एउटा पेस्तोल र केही गोली बरामद गरेको थियो। प्रहरीको भनाइअनुसार सलमान खानको घरअगाडि १४ अप्रिलमा गोली चलाउन त्यही पेस्तोल प्रयोग भएको थियो। प्रहरी अनुसन्धानले यो हतियार अनुज र सुभाषले उपलब्ध गराएको देखाएको छ।


प्रतिक्रिया

सहकारी संस्थाहरूको कर्जा असुलीसम्बन्धी मुद्दाको शुरु कारबाही र किनारा गर्न कृतिबहादुर बस्नेतको अध्यक्षमा कर्जा असुली न्यायाधिकरण गठन

सम्पती व्यवस्थापन विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने लगायतका विभिन्न

सहकारी संस्थाहरूको कर्जा असुलीसम्बन्धी मुद्दाको शुरु कारबाही र किनारा गर्न कृतिबहादुर बस्नेतको अध्यक्षमा कर्जा असुली न्यायाधिकरण गठन

सम्पती व्यवस्थापन विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने लगायतका विभिन्न

सम्बन्धित खबर

neelambads

पोडकास्ट सुन्नुहोस