२०८२ पुष २७ गते, आईतवार १२:३०

खेलाडीहरू सम्पूर्ण नेपालीहरूलाई गौरव दिने पात्र हुनुहुन्छः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं-

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले खेलाडीहरू सम्पूर्ण नेपालीहरूलाई गौरव दिने पात्र भएको बताउनुभएको छ ।

काठमाडौंस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा आईतवार नेपाली राष्ट्रिय महिला फुटबल टोलीका खेलाडीहरूको स्वास्थ्य परीक्षणका क्रममा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले खेलाडीले गौरव गर्नेगरी सबै नागरिकलाई एकै ठाउँमा जोड्न सक्ने बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा नेपाली खेलाडीहरू खेलेको खेल नेपालीहरूले आँखा नझिम्काई हेर्ने गरेको जिकिर गर्नुभयो ।

मन्त्री पौडेलले खेलाडीहरूसँग कुनै नाता तथा निजी सम्बन्ध केही नभए पनि देशको सम्बन्ध रहेको बताउँदै नेपाली खेलाडीहरूले जित्दा आफ्नो इज्जत बढ्छ भन्ने लाग्ने बताउनु भयो । उहाँले विधिको शासन भएको देशमा मात्रै नागरिकहरू सम्मानित हुने बताउँदै युवालाई विधिवत् ढङ्गबाट प्रतिष्पर्धाको पद्धति अभ्यास गर्न खेलकुदले सिकाउने धारणा राख्नुभयो । उहाँले खेलकुदले समाज जोड्ने काम गर्ने बताउँदै राष्ट्रिय एकता समेत प्रश्तुत गर्ने बताउनु भयो ।

उहाँले खेल खेल्नको लागि खेलाडीहरूको स्वास्थ्य राम्रो हुनुपर्ने बताउँदै खेलाडीको स्वास्थ्य राम्रो बनाउन राज्यले सुविधा दिन जरुरी रहेको बताउनु भयो ।

वीरगन्जमा रास्वपाको ‘क्रेज’: वडाध्यक्ष र पूर्व गाविस अध्यक्षसहित सयौँले भित्र्याए ‘घण्टी’, पुराना दललाई ठुलो झट्का

वीरगन्ज-  मधेस प्रदेशको आर्थिक राजधानी वीरगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

वीरगन्जमा रास्वपाको ‘क्रेज’: वडाध्यक्ष र पूर्व गाविस अध्यक्षसहित सयौँले भित्र्याए ‘घण्टी’, पुराना दललाई ठुलो झट्का

वीरगन्ज-  मधेस प्रदेशको आर्थिक राजधानी वीरगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

पोडकास्ट सुन्नुहोस