सारांशः
|
काठमाडौं –
राष्ट्रियसभाले ‘भन्सार विधेयक, २०८०’ सर्वसम्मतिबाट स्वीकृत गरेको छ । सोमबार बसेको राष्ट्रियसभा बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले विधेयकले भन्सार प्रशासन र राजस्व परिचालनका समस्यालाई समाधान गर्ने बताए । उनले भने, “यो विधेयकले राजस्व चुहावट रोक्न, भन्सार प्रणालीलाई पारदर्शी र विश्वसनीय बनाउन तथा अन्तरराष्ट्रिय व्यापारलाई सहजीकरण गर्न महत्त्वपूर्ण योगदान दिनेछ ।”