२०८२ असार १७ गते, मंगलवार ०१:१८
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • योजना छनोटमा बिचौलियाको संलग्नता: एमाले सांसद लखन दासले मधेश प्रदेशमा ठेकेदार र बिचौलियामार्फत योजना छनोट भइरहेको भन्दै कडा आपत्ति जनाएका छन्।
  • पारदर्शिताको माग: उनले योजना छनोट जनप्रतिनिधिमार्फत पारदर्शी ढंगले गर्न सरकारलाई सुझाव दिएका छन्।
  • कार्यशैली सुधारको आवश्यकता: पुँजीगत खर्च ढिलो हुने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै दासले काम समयमा सुरु गर्न र कार्यान्वयनमा सुधार गर्न सरकारलाई आग्रह गरेका छन्।।

जनकपुरधाम-

मधेश प्रदेशका सत्तारुढ नेकपा एमालेका सांसद लखन दासले ठेकेदार र बिचौलियामार्फत योजना छनोट भइरहेको भन्दै कडा आपत्ति जनाएका छन् । प्रदेश सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले यस्तो कार्यले सरकारको बदनामी भएको बताए ।

सांसद दासले भने, “बजेटको समयमा बाहिरका ठेकेदार र बिचौलियामार्फत योजना छनोट भइरहेको बजारमा हल्ला छ । सरकारले यस्तो बदनामी हुने काम नगरोस् ।” उनले योजना छनोट जनप्रतिनिधिमार्फत पारदर्शी ढङ्गले गर्न सरकारलाई सुझाव दिए ।

यस्तै, पुँजीगत खर्च समयमा नहुने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै उनले भने, “बजेट प्रस्तुत भएपछि साउनदेखि काम गर्ने भनिए पनि जेठमा बल्ल चिट्ठी काट्ने गरिन्छ । यो कार्यशैलीमा सुधार आवश्यक छ ।” उनले योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारको कमजोरी सुधार्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस