२०८२ असार १७ गते, मंगलवार ०१:३६

लिभिङ विथ इन्भायरमेन्ट (वातावरणसँग जिउने आधार) र उत्तम नेपालको संयुक्त आयोजनामा आजदेखि वीरगन्जमा वातावरण दिवस सप्ताह विशेष कार्यक्रम सुरु भएको छ ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • कार्यक्रमको उद्देश्य र सहभागिता: वीरगञ्जमा वातावरण संरक्षण र जनचेतना अभिवृद्धिका लागि लिभिङ विथ इन्भायरमेन्ट र उत्तम नेपालद्वारा चारदिने सप्ताह विशेष कार्यक्रम सुरु भएको छ, जसमा ११ विद्यालयका कक्षा ५–७ का विद्यार्थीहरू लक्षित छन्।
  • तालिमका गतिविधि: वातावरणको महत्व, संरक्षण उपाय र विद्यार्थीहरूको भूमिका सम्बन्धी जानकारीमूलक सत्रहरू सञ्चालन भइरहेका छन्; आज दुई विद्यालयमा ६०–६५ विद्यार्थी सहभागी भए।
  • संलग्न टोली र विद्यालयहरू: लिभिङ विथ इन्भायरमेन्ट र उत्तम नेपालका प्रशिक्षकहरू तालिम सञ्चालन गर्दै छन्; बाँकी ९ विद्यालयमा भोलि र पर्सि तालिम सञ्चालन हुने कार्यक्रम संयोजकहरूले जनाएका छन्।

वीरगन्ज –

लिभिङ विथ इन्भायरमेन्ट (वातावरणसँग जिउने आधार) र उत्तम नेपालको संयुक्त आयोजनामा आजदेखि वीरगन्जमा वातावरण दिवस सप्ताह विशेष कार्यक्रम सुरु भएको छ। वातावरण संरक्षण र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित चारदिने कार्यक्रममा वीरगन्ज क्षेत्रका ११ वटा विद्यालयका कक्षा ५, ६ र ७ का विद्यार्थीहरूलाई लक्षित गरी वातावरणीय तालिम सञ्चालन भइरहेको छ।

कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई वातावरणको महत्व, संरक्षणका उपायहरू र उनीहरूको सक्रिय भूमिकाबारे जानकारीमूलक सत्रहरू आयोजना गरिनेछ। आज श्री सुर्जिदेवी माध्यमिक विद्यालय र श्री नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालयमा तालिम सम्पन्न भएको छ, जहाँ ६०–६५ जना विद्यार्थीको सक्रिय सहभागिता रहेको आयोजकले जनाएका छन्।

कार्यक्रममा लिभिङ विथ इन्भायरमेन्टबाट नन्दकिशोर साह तेली, लक्की कुमार बर्नवाल, मनीष चौरसिया, धिरज सिंह र अजीत ठाकुर तथा उत्तम नेपालबाट स्वाती मिस्रा, बिट्टु गुप्ता, मुस्कान सर्राफ, ज्यन्ती यादव र सुधा यादवले प्रशिक्षण सत्र सञ्चालन गर्नेछन्।

तालिम सञ्चालन हुने विद्यालयहरूको सूची निम्नानुसार छ:
१. त्रिजुद्ध महावीरप्रसाद रघुवीरराम माध्यमिक विद्यालय
२. त्रिभुवन हनुमान माध्यमिक विद्यालय
३. मइस्थान विद्यापीठ माध्यमिक विद्यालय
४. नेपाल रेलवे माध्यमिक विद्यालय
५. रामचरण शाह पन्नालाल माध्यमिक विद्यालय
६. श्री नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय, श्रीपुर वीरगञ्ज
७. श्री सुर्जिदेवी माध्यमिक विद्यालय
८. श्री नरसिंह माध्यमिक विद्यालय
९. सिद्धार्थ माध्यमिक विद्यालय
१०. ने.रा.मा.वि. नागवा
११. शारदा मा.वि.

बाँकी विद्यालयहरूमा भोलि र पर्सि तालिम सञ्चालन हुने कार्यक्रम संयोजकहरूले बताएका छन्। आयोजक संस्थाहरूले वातावरणीय सचेतना बालबालिकादेखि समुदायसम्म फैलाउने लक्ष्य राखेका छन्।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस