सेनाले मोहम्मद सिनवारको शव खान युनिसको युरोपेली अस्पताल मुनिको भूमिगत सुरुङ मार्गमा फेला पारेको बताएको हो ।
♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
काठमाडौं –
इजरायली सेनाले दक्षिणी गाजा पट्टीको सुरुङबाट हमासका सैन्य शाखाका प्रमुख मोहम्मद सिनवारको शव बरामद गरी इजरायल लगेको बताएको छ ।
सेनाले मोहम्मद सिनवारको शव खान युनिसको युरोपेली अस्पताल मुनिको भूमिगत सुरुङ मार्गमा फेला पारेको बताएको हो । हमासको रफाह ब्रिगेडका कमाण्डर सिनवार र मुहम्मद शबानेहलाई मे १३ मा इजरायली सेना र शिन बेट गुप्तचर एजेन्सीले सुरुङमा मारेको थियो । गत बुधवारदेखि भारी हवाई आक्रमणमा शुरु भएको क्षेत्रमा छापा मार्ने क्रममा शवहरू फेला परेका थिए । छापा अझै जारी रहेको सेनाले बताएको छ । अपरेशनको क्रममा थप शवहरू बरामद गरिएको र तिनीहरूको पहिचान जाँच भइरहेको छ ।

मे महिनाको अन्त्यतिर इजरायली सेनाले पहिलो पटक सिनवार हवाई आक्रमणमा मारिएको बताएको थियो । गाजा स्वास्थ्य अधिकारीहरूले आक्रमणमा कम्तिमा ६ जनाको मृत्यु भएको र ४० जना घाइते भएको बताएका थिए । ४९ वर्षीय सिनवारलाई इजरायली सेनाले हमासको सबैभन्दा वरिष्ठ र लामो समयदेखि सेवा गरिरहेका कमाण्डरहरूमध्ये एकको रूपमा वर्णन गरेको थियो । जसले अक्टोबर ७, २०२३ मा इजरायलमा भएको आक्रमणमा मुख्य भुमिका खेलेका थिए । उनी गाजाका पूर्व हमास नेता याह्या सिनवारका कान्छा भाइ थिए । जसलाई अक्टोबर २०२४ मा इजरायली सेनाले मारेको थियो । इजरायली आक्रमणहरूले प्यालेस्टिनीहरूमाथि आक्रमण जारी राखेको छ । जसले गर्दा अक्टोबर २०२३ देखि एन्क्लेभमा मृत्यु हुनेको संख्या ५४ हजार ८ सय ८० पुगेको छ । गाजाका स्वास्थ्य अधिकारीहरूले हालसम्म १ लाख २६ हजार २ सय २७ जना घाइते भएका छन् ।