संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, सञ्चारकर्मी, विद्यालयका शिक्षक–विद्यार्थी र सर्वसाधारण गरी करिब ६०० जनाको उपस्थिति रहेको आयोजकले जनाएको छ।
♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
वीरगन्ज–
जिल्ला विपद् व्यवस्थापन समिति पर्साको आयोजना तथा पर्सा जिल्लास्थित सुरक्षा निकाय र सरोकारवाला निकायहरूको समन्वयमा विपद् व्यवस्थापन सम्बन्धी चारदिने जलउद्धार संयुक्त अभ्यास “अभ्यास मनसुन(५” सम्पन्न भएको छ। असार २४गते देखि २७ गते सम्म सञ्चालित यो कार्यक्रमको अन्तिम दिन आज वीरगन्ज महानगरपालिका वडा नं। १० स्थित घडिअर्वा पोखरीमा संयुक्त प्रदर्शनी गरिएको छ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त प्रदर्शनीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाल रेडक्रस सोसाइटी, स्काउटलगायत अन्य सरोकारवाला निकायहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि, संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, सञ्चारकर्मी, विद्यालयका शिक्षक–विद्यार्थी र सर्वसाधारण गरी करिब ६०० जनाको उपस्थिति रहेको आयोजकले जनाएको छ।

जलउद्धार अभ्यासले मनसुनजन्य विपद्का समयमा खोज, उद्धार र राहत कार्यमा समन्वय र प्रभावकारिता वृद्धि गर्ने उद्देश्य राखेको छ। यो प्रदर्शनीले स्थानीय समुदायमा विपद् व्यवस्थापन सम्बन्धी सचेतना फैलाउन र सुरक्षा निकायहरूको तयारीलाई सुदृढ गर्न महत्वपूर्ण योगदान पुर्याएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए।