२०८२ असार १६ गते, सोमबार १९:५०

घटनामा लागुऔषध कारोबारीको आक्रमणबाट प्रहरी जवान रवीन्द्र केसी र नवराज घिसिङ घाइते भएका छन्। नियन्त्रणमा लिइएका व्यक्तिहरूको साथबाट १५० ग्रामभन्दा बढी ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  टोखामा प्रहरी कारबाही**: काठमाडौंको टोखास्थित ग्राण्डी अस्पताल नजिकै लागुऔषध नियन्त्रण ब्यूरोले गोली चलाएर चार भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
  • लागुऔषध बरामद र प्रहरी घाइते**: नियन्त्रणमा लिइएकाहरूको साथबाट १५० ग्रामभन्दा बढी ब्राउन सुगर बरामद, कारोबारीको आक्रमणमा दुई प्रहरी घाइते।अनुसन्धान जारी
  • प्रहरीले नियन्त्रणमा लिइएकाहरूको परिचय खुलाएको छैन, लागुऔषध कारोबारको सञ्जालबारे थप छानबिन भइरहेको।

काठमाडौं–

काठमाडौंको टोखास्थित ग्राण्डी अस्पताल नजिकै लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको टोलीले गोली चलाएर चार जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। लागुऔषध कारोबारको सूचना प्राप्त भएपछि खटिएको प्रहरी टोलीमाथि आक्रमण भएपछि अवस्था नियन्त्रण गर्न गोली चलाउनुपरेको प्रहरीले जनाएको छ।

ब्यूरोका प्रमुख एसएसपी कृष्ण कोइरालाले चार जना भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको पुष्टि गर्दै भने, “चार जना नियन्त्रणमा छन्। भारतीय नागरिक भन्ने प्रारम्भिक जानकारी छ। कार्यालयमा ल्याइनसकेकाले थप विवरण खुल्न बाँकी छ।” उनका अनुसार, प्रहरी इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बालकृष्ण सञ्जेलसहितको टोलीले गोली चलाएर दुई जनालाई र थप दुई जनालाई नियन्त्रणमा लिएको हो।

घटनामा लागुऔषध कारोबारीको आक्रमणबाट प्रहरी जवान रवीन्द्र केसी र नवराज घिसिङ घाइते भएका छन्। नियन्त्रणमा लिइएका व्यक्तिहरूको साथबाट १५० ग्रामभन्दा बढी ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले नियन्त्रणमा लिइएकाहरूको परिचय हालसम्म सार्वजनिक गरेको छैन। घटनाको थप अनुसन्धान भइरहेको र लागुऔषध कारोबारको सञ्जालबारे विस्तृत छानबिन गरिने एसएसपी कोइरालाले बताए। यो घटनाले टोखा क्षेत्रमा लागुऔषध कारोबारविरुद्ध प्रहरीको कडा कारबाहीको सङ्केत गरेको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस