२०८२ भाद्र २ गते, सोमबार १६:२४

२०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर पुरुष गणेशमान सिंहको स्मृतिमा गणेशमान सिंह फाउन्डेसनअन्तर्गत रहेको गणेशमान सिंह स्पोट्र्स कमिटीले सन् २०१४ देखि रोड रेस हुँदै आएको छ ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •   दौडको आयोजना र उद्देश्य: वीर गणेशमान सिंहको स्मृतिमा असार १४ गते काठमाडौंमा १० किमीको पाँचौं रोड रेस आयोजना हुँदैछ, जसमा करिब ४५० जना सहभागी हुने अपेक्षा छ।
  • पुरस्कार र रुट विवरण: पुरुष तथा महिलातर्फ प्रथम स्थानलाई ६० हजार नगदसहित अन्य स्थानमा पनि पुरस्कार प्रदान गरिनेछ। दौड दरबारमार्गबाट सुरु भई काठमाडौंका विभिन्न स्थान हुँदै पुनः दरबारमार्गमा समाप्त हुनेछ।
  • कोर्ष रेकर्ड र व्यवस्थापन: गोपीचन्द्र पार्की र राजपुरा पछाईले कायम गरेको समय कोर्ष रेकर्ड हो। नयाँ रेकर्ड बनाउनेले अतिरिक्त १० हजार पाउनेछन्। प्रतियोगितामा १५ लाख खर्च हुने अनुमान छ।

काठमाडौं –

पाँचौं वीर गणेशमान सिंह १० किमी दौड रोड रेस आगामी असार १४ गते हुने भएको छ ।

गणेशमान सिंह फाउण्डेसनअन्तर्गत गणेशमान सिंह स्पोट्र्स कमिटीको आयोजनामा काठमाडौंमा १० किलोमिटरको रोड रेस हुन लागेको हो । २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर पुरुष गणेशमान सिंहको स्मृतिमा गणेशमान सिंह फाउन्डेसनअन्तर्गत रहेको गणेशमान सिंह स्पोट्र्स कमिटीले सन् २०१४ देखि रोड रेस हुँदै आएको छ ।

गणेशमान सिंह स्पोट्र्स कमिटीले मंगलवार दरबारमार्गमा पत्रकार सम्मेलन आयोजना गर्दै रोड रेसको बारे जानकारी दिएको हो । रोड रेस शेर्पा मल दरवारमार्गबाट सुरु हुने भएको छ । त्यसपछि भद्रकाली, रत्नपार्क, जमल, दरबारमार्ग, केशर महल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, बालुवाटार, नक्शाल, जय नेपाल हल हुँदै पुनः दरवारमार्गमा समाप्त हुने आयोजकले जनाएको छ । पाँचौं वीर गणेशमान सिंह रोड रेस १० किलोमिटर महिला र पुरुषतर्फ खुला रूपमा प्रतिष्पर्धा हुने भएको छ । महिला तथा पुरुषका विजेताले समान ६० हजार नगद पुरस्कार पाउनेछन् । दोस्रो हुनेले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौंले पाँच पाँच हजार नगद पुरस्कार पाउनेछन् ।

नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा सञ्चालन हुने गणेशमान सिंह स्पोट्र्स कमिटीका संयोजक सञ्जीव तुलाधरले बताए ।

यस दौडमा कोर्ष रेर्कड कायम गर्ने पहिलो खेलाडीले थप नगद १० हजार प्रदान गरिने आयोजकले जनाएको छ । रोड रेसमा करिव चार सय ५० जनाले प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ । महिलामा राजपुरा पछाईको ३६ मिनेट ४३.२ सेकेण्ड र पुरुषमा गोपीचन्द्र पार्कीको ३१ मिनेट ११.४ सेकेण्डको कोर्ष रेर्कड रहेको छ । आयोजकले यस प्रतियोगिता आयोजना गर्न १५ लाख खर्च हुने अनुमान गरिएको छ । यस प्रतियोगिताको संयोजकमा वीर गणेशमान सिंह फाउण्डेसनका बोर्ड सदस्य प्रभाषमान सिंह र व्ययवस्थापनमा राजन खत्री छन् ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस