प्रहरीले संदिग्ध अपराधी २२ वर्षीय बन्दुकधारीलाई पक्राउ गरेको छ ।
♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
काठमाडौं –
अस्ट्रियाको दोस्रो ठूलो शहर ग्राजको स्कुलमा गोलीबारी हुँदा कम्तिमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् । स्थानीय सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गर्दै यस घटनामा विद्यार्थी र शिक्षकहरूसहित गम्भीर घाइते हुनेको संख्या धेरै रहेको बताइएको छ ।

मंगलवार बिहान करिव १० बजे लेन्ड जिल्लाको ड्रेयरस्चुत्जेङ्गासेको बोर्ग स्कुलमा गोली चलेको थियो । प्रहरीले संदिग्ध अपराधी २२ वर्षीय बन्दुकधारीलाई पक्राउ गरेको छ । जो पहिला सोही विद्यालयका विद्यार्थी थिए । उनले आफैँलाई पनि गोली हानेको बताइएको छ ।