२०८२ असार १७ गते, मंगलवार ०१:१०

आफन्त अन्सुर्या साहका अनुसार, मंगलबार लालसाको गर्भपतन गराइएको थियो भने बुधबार बिहान १० बजे अपरेशन गरिएको थियो। तर, सोही राति १ बजे उनको मृत्यु भयो।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  गर्भपतनपछि मृत्यु: वीरगन्जको  मेरी स्टोप्समा गर्भपतन गराएकी लालसा साहको अपरेशनपछि राति मृत्यु भएको छ, परिवारले लापरवाहीको आरोप लगाएका छन्।
  •  स्टोर बन्द र कर्मचारी फरार: घटना सार्वजनिक भएपछि मेरी स्टोरमा ताला लगाइएको छ र सबै कर्मचारी फरार भएका छन्; सम्पर्क नम्बर पनि अस्वीकार गरिएको छ।
  •  सुरक्षा र अनुसन्धान: यस घटनाले गर्भपतन सेवाको सुरक्षामाथि प्रश्न उठाएको छ; स्थानीयको आक्रोश।

वीरगन्ज –

वीरगन्जको मेरी स्टोप्समा गर्भपतन गराएकी एक महिलाको मृत्यु भएको घटनाले स्थानीय समुदायमा आक्रोश फैलिएको छ। बहुदरमाई नगरपालिका, विश्रामपुर निवासी असेसर साहकी पत्नी लालसा साहको बुधबार राति १ बजे मृत्यु भएको उनका आफन्तले पुष्टि गरेका छन्।

आफन्त अन्सुर्या साहका अनुसार, मंगलबार लालसाको गर्भपतन गराइएको थियो भने बुधबार बिहान १० बजे अपरेशन गरिएको थियो। तर, सोही राति १ बजे उनको मृत्यु भयो। गर्भपतन प्रक्रियामा एक्स-रे वा अन्य आवश्यक चिकित्सकीय जाँच नगरी चरम लापरबाही गरिएको अन्सुर्याको आरोप छ। उनले मेरी स्टोरको गैरजिम्मेवार कार्यले लालसाको ज्यान गएको ठोकुवा गरे।

घटना बाहिरिएलगत्तै मेरी स्टोरका सम्पूर्ण कर्मचारी फरार भएका छन् र स्टोप्समा ताला ठोकिएको छ। मेरी स्टोप्सको बोर्ड र वेबसाइटमा उल्लेखित सम्पर्क नम्बर ९८५११७८७६२ मा फोन गर्दा एक व्यक्तिले आफू स्टोरसँग असम्बन्धित भएको दाबी गरे।

पर्सा प्रहरीका प्रवक्ता किशोर लम्सालले घटनाबारे औपचारिक जानकारी नभएको बताए ।

यो घटनाले वीरगन्जका स्वास्थ्य संस्थाहरूमा गर्भपतन सेवाको सुरक्षा र गुणस्तरमाथि गम्भीर प्रश्न उठाएको छ। स्थानीयवासीले दोषीलाई तत्काल पक्राउ गरी कडा सजायको माग गरेका छन्। प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको दाबी गरेको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस