२०८२ असार १७ गते, मंगलवार ०४:५०

“समाजमा अन्याय हुन नदिन र सामाजिक सुप्रबन्धका लागि अनेक खोज अध्ययन, अनुसन्धान गरेर मनवोचित र न्यायपूर्ण समाज सृजना गर्न समयानुकूल कानुनको निर्माण र प्रभावकारी कार्यान्वयन आवश्यक छ ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  अनुसन्धान र अभियोजनमा प्रविधिको जोड: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमाणयुक्त, प्रविधिमैत्री र त्रुटीरहित अनुसन्धान तथा अभियोजनमार्फत न्याय निरुपणलाई प्रभावकारी बनाउन आग्रह गरे।
  • प्रहरी सुधार र स्रोत साधन: उनले प्रहरीमा पारदर्शिता, निष्पक्षता, र स्वच्छता आवश्यक रहेको उल्लेख गर्दै स्रोत, साधन र सेवा–सुविधामा सरकारको विशेष ध्यान रहने बताए।
  • न्याय र सुशासनमा सरकारको प्रतिबद्धता: अपराध नियन्त्रण, दोषीमाथि कारबाही र पीडितलाई न्याय दिलाउन प्रणालीगत सुधार, समान अवसर, र सुशासनमा सरकार प्रतिबद्ध रहेको स्पष्ट गरे।

काठमाडौँ-

प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त र प्रभावकारी बनाएर न्याय निरुपणमा सघाउन आग्रह गरेका छन्।

अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अभियोजन र प्रमाणहरुका तथ्यले दुविधारहितरुपमा न्याय सम्पादन हुन सक्ने गरी अनुसन्धानज र अभियोजन गर्न आग्रह गरेका हुन् ।

“समाजमा अन्याय हुन नदिन र सामाजिक सुप्रबन्धका लागि अनेक खोज अध्ययन, अनुसन्धान गरेर मनवोचित र न्यायपूर्ण समाज सृजना गर्न समयानुकूल कानुनको निर्माण र प्रभावकारी कार्यान्वयन आवश्यक छ । त्यसका लागि उचित स्रोत, साधानसहित दीक्षित, सक्षम र इमानदार जनशक्तिको खाँचो रहेको छ । ती सामग्री र अवसर दिलाउन सरकार प्रतिबद्ध रहेको छ ’’, प्रधानमन्त्री ओलीले भने, “ प्रहरीमा स्वच्छता, निष्पक्षता, पारदर्शीता हुनुपर्छ । सुविधा पुुगेन भनेर त्यतातिर सोच्नु नपरोस् भनेर सरकारले सेवा सुविधामा आवश्यक ध्यान दिनेछ ।’’

अपराधिले अपराध ढाकछोपका लागि अनेक सोच र प्रविधिको प्रयोग गर्ने भएकाले त्यसलाई अपराधीलाई तत्काल नियन्त्रणमा लिन प्रहरी नयाँ नयाँ प्रविधिसहित स्रोत साधनसम्पन्न हुनुुपर्ने र प्रहरीको त्रृटीरहित अनुसन्धानले नै न्याय निरुपणका लागि बाटो देखाउने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

गृहमन्त्री रमेश लेखक, महान्याधिवक्ता रमेश बडालसहित सहभागी सम्मेलनमा प्रधानमन्त्री ओलीले प्रणालीगत प्रबन्धमार्फतसमान अधिकार र अवसर दिन तथा विकास, सुव्यवस्था र सुशासनका पक्षहरुमा ध्यान दिँदै दोषीलाई कारवाही र पीडितलाई न्याय दिने काममा लाग्न सबैलाई आग्रह पनि गरे ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस