२०८२ असार १७ गते, मंगलवार ०१:३१

ओलीले आफ्नो पहिलो कार्यकालमा पूर्वाधार विकासलाई प्राथमिकता दिए पनि भूकम्प र बाढी–पहिरोजस्ता विपद्का कारण पुनर्निर्माणमा केन्द्रित हुनुपर्दा अपेक्षित विकास हुन नसकेको उल्लेख गरे। उनले अब उत्पादन, बजारीकरण र रोजगारी वृद्धिमा केन्द्रित भएको र यसमा विश्व बैंकजस्ता संस्थाको सहयोग आवश्यक रहेको बताए।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • प्रधानमन्त्री ओली र विश्व बैंक प्रमुखबीच भेट: प्रधानमन्त्री केपी शर्मा ओली र विश्व बैंकका प्रमुख डेभिड सिस्लेनबीच नेपालमा लगानी, रोजगारी सृजना र दिगो विकासबारे बालुवाटारमा छलफल भयो।
  • विश्व बैंकको रणनीतिक योजना र सहयोग: विश्व बैंकले २०२५–२०३१ का लागि नेपालका लागि रणनीतिक सहकार्य योजना तयार गरेको र रोजगारी, जलवायु, कृषि, सामाजिक क्षेत्रमा लगानी बढाउने बताइएको छ।
  •  नेपाल सरकारको प्राथमिकता: ओलीले कृषिको आधुनिकीकरण, युवाको उद्यमशीलता, र जलवायु क्षतिपूर्तिमा जोड दिँदै विश्व बैंकको सहयोग आवश्यक रहेको बताए।

काठमाडौं –

प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैंक समूहका प्रबन्ध निर्देशक तथा प्रमुख प्रशासकीय अधिकृत डेभिड सिस्लेनले आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शिष्टाचार भेट गरेका छन्। भेटमा नेपालमा लगानी वृद्धि, रोजगारी सृजना र दिगो विकास लक्ष्य हासिल गर्न विश्व बैंकसँगको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ।

प्रधानमन्त्री ओलीले विश्व बैंकले नेपालका लागि तयार गरेको छ वर्षे रणनीतिक सहकार्यको कार्य ढाँचा (२०२५–२०३१) स्वीकृत गरेकोमा धन्यवाद दिँदै नेपाललाई विकासोन्मुख मुलुकमा स्तरोन्नति गर्न र दिगो विकास लक्ष्य प्राप्तिका लागि बैंकको निरन्तर आर्थिक तथा प्राविधिक सहयोगप्रति खुसी व्यक्त गरे। उनले कृषिको आधुनिकीकरण, उत्पादकत्व वृद्धि, उद्यमशीलता, व्यवसाय र सेवा क्षेत्रमा युवाहरूको सहभागितालाई सरकारले प्राथमिकता दिएको बताए। साथै, जलवायु परिवर्तनविरुद्ध नेपालले गरेको योगदानको आधारमा उचित क्षतिपूर्ति पाउनुपर्नेमा जोड दिए।

ओलीले आफ्नो पहिलो कार्यकालमा पूर्वाधार विकासलाई प्राथमिकता दिए पनि भूकम्प र बाढी–पहिरोजस्ता विपद्का कारण पुनर्निर्माणमा केन्द्रित हुनुपर्दा अपेक्षित विकास हुन नसकेको उल्लेख गरे। उनले अब उत्पादन, बजारीकरण र रोजगारी वृद्धिमा केन्द्रित भएको र यसमा विश्व बैंकजस्ता संस्थाको सहयोग आवश्यक रहेको बताए।

विश्व बैंकका प्रमुख सिस्लेनले रणनीतिक सहकार्यको कार्य ढाँचाअन्तर्गत रोजगारी सृजना, जलवायु अनुकूलन, विपद् जोखिम न्यूनीकरण, कृषि, सामाजिक र सांस्कृतिक क्षेत्रमा लगानी बढाउने योजना रहेको जानकारी दिए। उनले प्रधानमन्त्री ओलीको ‘हिमालदेखि समुद्रसम्मको सुरक्षा’ अवधारणामा सहकार्य गर्न विश्व बैंक तयार रहेको प्रतिबद्धता व्यक्त गरे।

भेटमा प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य र अर्थ मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस