२०८२ असार १७ गते, मंगलवार ०१:०७

मुख्यमन्त्री सतिश सिंहका अनुसार, संवैधानिक प्रावधानअनुसार बजेट प्रदेश सभामा प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद्बाट पारित हुनु आवश्यक थियो।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • मधेश प्रदेश सरकारले आ.व. २०८२/०८३ को बजेट मन्त्रिपरिषद्बाट पारित गरेको छ, जसले प्रदेश सभामा प्रस्तुत गर्ने बाटो खुला भएको छ।
  • बजेटको आकार करिब २ अर्ब रुपैयाँ थपेर ४७ अर्ब रुपैयाँको हाराहारीमा तय गरिएको छ।
  • मन्त्रिपरिषद्को बैठक लम्बिएकाले प्रदेश सभामा बजेट भाषण केही ढिलाइ भएको छ, तर सांसदहरू प्रस्तुतिको प्रतीक्षामा छन्।

जनकपुर–

मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटलाई मन्त्रिपरिषद्बाट पारित गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसोदेखि चलेको बैठकले बजेटलाई अनुमोदन गरेसँगै प्रदेश सभामा प्रस्तुत गर्ने बाटो खुलेको छ।

मुख्यमन्त्री सतिश सिंहका अनुसार, संवैधानिक प्रावधानअनुसार बजेट प्रदेश सभामा प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद्बाट पारित हुनु आवश्यक थियो। यो वर्ष बजेटको आकार बढ्ने अपेक्षा गरिएको छ। मुख्यमन्त्रीको सचिवालयका अनुसार, मधेश सरकारले करिब २ अर्ब रुपैयाँ थप गरी झन्डै ४७ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ।

बजेट पारित भइसकेकाले अब प्रदेश सभामा प्रस्तुत गर्ने तयारी भइरहेको छ। यद्यपि, मन्त्रिपरिषद्को बैठक लम्बिएका कारण आज अपरान्ह ४ बजेका लागि तय भएको प्रदेश सभाको बैठकमा बजेट भाषण केही ढिलाइ भएको छ। सांसदहरू बजेट प्रस्तुतिको प्रतीक्षामा छन्।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस