२०८२ असार १६ गते, सोमबार २०:०२
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • दुर्घटनामा एक बालिकाको मृत्यु: काठमाडौंको इडिफाइड इन्टरनेसनल स्कूलमा भएको विद्युतीय माइक्रो भ्यान दुर्घटनामा ९ वर्षीया सोनाक्षी यादवको मृत्यु भएको छ।
  • घाइतेहरू: उक्त दुर्घटनामा अन्य ७ जना विद्यार्थी घाइते भएका छन्।
  • अनुसन्धान जारी: भ्यान गेटको पिलरमा ठोक्किएपछि दुर्घटना भएको र घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

काठमाडौं-

काठमाडौंको कलङ्कीस्थित इडिफाइड इन्टरनेसनल स्कूलको कम्पाउन्डभित्र सोमबार दिउँसो १२:५० बजे भएको विद्युतीय माइक्रो भ्यान दुर्घटनामा ९ वर्षीया सोनाक्षी यादवको मृत्यु भएको छ। सर्लाही घर भई कुलेश्वर बस्ने सोनाक्षीलाई गम्भीर घाइते अवस्थामा सहिद मेमोरियल अस्पताल लगिएको थियो, जहाँ १३:३६ बजे उनलाई मृत घोषणा गरियो। दुर्घटनामा अन्य ७ जना घाइते भएका छन्। काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार भ्यान गेटको पिलरमा ठोक्किएको थियो। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस